+
Search

ताजा अपडेट +

पपुलर +

माथिल्लो तादी खोला जलविद्युत परियोजना सञ्चालनमा

suryakunda hydropower
डबली खबर
९ महिना अगाडी

१४ भदौ, नुवाकोट । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ।

परियोजनाको इन्टेक करिब १५०० मिटर र पावरहाउस १२८२ मिटरको उचाइमा रहेको आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो ।

परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गते देखि नियमित रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन सुरु थालेको हो।

कम्पनी उर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ । आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो।

ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन २०८१ असोज ८ गते स्वीकृत भएको थियो ।
तेस्तै,ऊर्जा मन्त्रालयको विद्युत विकास विभागबाट २०७२ असोज २२ गते उत्पादन इजाजतपत्र प्राप्त भएको थियो।

पावरहाउसमा जडान गरिएका दुईवटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक ५.५ मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुनेगरी आयोजना डिजाइन गरिएको छ । डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो जसको परिमाण २४७ घनमिटर प्रति सेकेन्ड अनुमान गरिएको छ।

समुन्द्रटार सबस्टेशनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ।

यस प्लान्टबाट वार्षिक ६१ दशमलव ३१९ गीगावाटघण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये ५० दशमलव ८९३ गीगावाटघण्टा वर्षायाममा र १० दशमलव ४२५ गीगावाटघण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ।

कम्पनीको प्राथमिक सेयर निष्कासन आइपिओको प्रक्रिया अगाडी बढिसकेको छ छ र नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले सफलतापूर्वक उत्पादन सुरु गरेको यस परियोजनाबाट वाग्मती प्रदेशसहित राष्ट्रिय विद्युत आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ