४ भाद्र, नुवाकोट । पञ्चकन्या गाउँपालिका-२ का गोकर्ण नेपालीको बाँदरको आक्रमणमा मृत्यु भएको समाचार झुटो भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले नेपालीको बाँदरको आक्रमणको कारण निधन नभएको जानकारी दिए ।
घर नजिकैको बारीमा बेहोस भएर ढलेका उनलाई उपचारको लागि काठमाडौँ लैजाँदै गर्दा बाटामै निधन भएको थियो । उनको पार्थिव शरीरलाई पुन: गाउँनै फर्काइएको प्रहरीले जनाएको छ।
बाँदरको समूहले आक्रमण गरेर निधन भएको समाचार गलत सूचनाका कारण यसअघि समाजिक सञ्चालमा भाइरल बनेको थियो।
उनी बिहान ६ बजेर ३० मिनेटको समयमा बाँदर देखेर धपाउन निस्किएको र बारीमा ढलेर बेहोस भएको अवस्थामा उपचारका लागि एम्बुलेन्समा हालेर काठमाडौँका लैँजादै गर्दा बाटोमै निधन भएको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।
उनको निधन मृत्यु हृदयघातका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ ।

प्रतिक्रिया