३१ साउन, नुवाकोट – सदरमुकाम विदुरमा शनिबार बिहे जात्रा मनाइएको छ । त्रिशूली बजारबाट पञ्चेबाजासहित व्यंग्यात्मक शैलीमा बेहुली लिन आएका थिए ।
गाईजात्राको अवसरमा मनाईने जात्रा विदुरको लक्ष्मीनारायण मन्दिरमा जात्रा देखाईएको थियो ।
बेहुली लिन आउने त्रिशूलीका जन्तीलाई विदुरवासीले भोज खुवाएर बेहुली अन्माएर पठाएका थिए ।
जन्तीले विभिन्न सामाजिक घटनाका व्यंग्यात्मक कला प्रदर्श गरेका थिए ।
परम्परालाई जीवन्त दिन केहि वर्षदेखि जात्रालाई निरन्तता दिँदै आईरहेको विदुर पक्षका कार्यक्रम संयोजक तथा विदुर सिटि युथ क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए । यसवर्ष सशक्त महिलाको कथामा आधारित बिहे जात्रा मनाईएको उनले बताए ।
जात्रामा विदुर नगरपालिका-४ का वडा अध्यक्ष निलमबाबु ढुङ्गेल, १ नम्बरका वडा सदस्य निजेश श्रेष्ठलगायत स्थानीयले कला प्रदर्शन गरेका थिए ।










प्रतिक्रिया