+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा उद्योग दर्ता बर्सेनि घट्दो

gharelu office nuwakot
डबली खबर
८ महिना अगाडी

३० साउन, विदुर । नुवाकोटमा उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ। उद्योग तथा वाणिज्य कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा उद्योग दर्ता घटेको हो।

आर्थिक वर्ष २०८१/८२ मा एक सय ५२ वटा उद्योग दर्ता भएकामा गत आव २०८०/८१ को असार मसान्तसम्म एक सय ६६ वटा र आव २०७९/८० मा दुई सय ४४ वटा उद्योग दर्ता भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए । उद्योग दर्ता बर्सेनि घट्दोको संख्या बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

यसैगरी वाणिज्यअन्तर्गत गएको तीन वर्षमा २९४ व्यवसाय दर्ता भएको कार्यालयका सूचना अधिकारी मेखमाया तामाङ घलेले जानकारी दिईन् ।

कार्यालयले लघु, उद्योग तथा वाणिज्यको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ। स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्वरोजगार बन्न तथा रोजगारीका अवसर सृजना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ