+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा नचाइयो अमूर्त पर्व ‘तानाकिसी’ अर्थात् हात्ती जात्रा

tanakisi hatti jatra trishuli nuwakot bidur dabalikhabar news
डबली खबर
१० महिना अगाडी

२८ साउन, नुवाकोट । विदुर नगरपालिकाको त्रिशूलीका स्थानीयले तानाकिसी अर्थात् हात्ती जात्रा मनाएका छन्।

मङ्गलबार गाईजात्राको अवसरमा नाच नचाउने परम्पराअनुसार उक्त नाच नचाइएको हो। विधिअनुसार पूजा गरी विशेष प्रकारले बनाएको हात्तीलाई स्थानीय क्षेत्रको सबै स्थानमा बाजागाजासहित नाच नचाईएको विदुर नगरपालिका-१ का वडा सदस्य निजेश श्रेष्ठले जानकारी दिए ।

संस्कृति जोगाउन स्थानीय युवाहरुले तानाकिसी अर्थात् हात्ती जात्रा मनाउँदै आईरहेको त्रिशूली विकास समुदायका सचिव प्रज्ज्वल सापकोटाले जानकारी दिए ।

किंबदन्तीअनुसार तानाकिसी अर्थात् ‘पुलुकिसी’ इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक हो। यो जात्रा स्वर्गका राजा इन्द्रको कथासँग जोडिएको स्थानीय बताउँछन् ।

उक्त जात्राको लागि विदुर नगरपालिकाले स्थानीय जात्रा संरक्षणको लागि चालु आर्थिकवर्षमा नीतिगत रुपमा बजेट विनियोजन गरेको थियो।

समुदायबाट निकालिने ऐरावत हात्तीको प्रतीकलाई स्थानीयले पुलुकिसीका साथै तानाकिसी पनि भन्ने गरेको पाइन्छ । पुलूँ अर्थात् बाँसको चोयाले शरीर बनाइने भएकाले पुलुकिसी र यसको घाँटीमा झुन्ड्याइएको घण्टको निरन्तर आवाज टङ्रङ्ङ (तानाताना) आइरहने भएका कारण यसलाई ‘तानाकिसी’ पनि भन्ने गरेको पाइन्छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ