१५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार देशभर ३ करोड ६६ लाख ५५ हजार बचत खाता सक्रिय देखिएको छ ।
नेपालको कुल जनसंख्या २ करोड ९० लाख ७२ हजार रहेको हुँदा ७५ लाख ८३ हजार बढी सक्रिय खाता देखिएको हो।
हालसम्म ७ करोड ६९ लाख ५५ हजार बचत खाता खोलिएकोमा ४ करोड २ लाख ९९ हजार निष्क्रिय छन्।
एक व्यक्तिले आवश्यकताअनुसार विभिन्न बैंकमा खाता खोल्न सक्ने व्यवस्था भएकाले खाताको संख्या जनसंख्याभन्दा बढी देखिएको हो।
लिङ्ग अनुसार विवरणअनुसार सक्रिय खातामध्ये २ करोड ३ लाख २४ हजार पुरुषका र १ करोड ६३ लाख ३० हजार महिलाका खाता छन्।

प्रतिक्रिया