३२ असार, विदुर । आर्थिक वर्ष २०८२/०८३ को लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समितिको असार २९ गते आईतबार जिल्ला प्रशासन कार्यालय नुवाकोटको सभाहलमा बसेको बैठकले कामदारको ज्याला, स्थानीय निर्मांण साम्रागी,आयातित निर्माण साम्रागी, मेसिन तथा उपकरणहरुको भाडा, तथा अन्य विभिन्न साम्रागीहरूरूो दररेट निर्धारण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको अध्यक्षतामा बसेको बैठकले निर्माण सामग्री तथा ज्यालाको दररेट निर्धारण गर्न सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ को उप नियम १ बमोजिम नुवाकोट जिल्लाको लागि निर्माण सामाग्री, ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्याला दररेट तोकिएको जिल्ला दररेट निर्धारण समितिका सदस्य एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
जिल्ला दररेट निर्धारण समितिले प्लास्टरको प्रतिदिन प्रति व्यक्ति १५ सय रुपैयाँ कायम गरेको छ । गत आवमा प्रतिव्यक्ति प्रतिदिन १४ सय ४० रुपैयाँ थियो ।
डकर्मी, सिकर्मी, नकर्मी, प्लम्बर, बेल्डर, रकड्रीलर, हेभी डाईभरको प्रतिब्यक्ति प्रतिदिन १२ सय ६० कायम गरेको छ । गत दुई आवमा प्रतिव्यक्ति प्रतिदिन क्रमश १२ सय १० रुपैयाँ थियो । अर्धदक्ष ज्यामीले प्रतिदिन काम गरेको ९५५ रुपैयाँ पाउनेछन्। गत वर्ष ९२० कायम भएको उक्त दररेट अहिले ३५ रुपैँया बढेको हो ।
त्यसैगरी अदक्ष ज्यामीले प्रतिदिन काम गरेको ९२० रुपैयाँ पाउनेछन्। गत वर्ष ८८५ कायम भएको उक्त दररेट अहिले ३५ रुपैँया बढेको छ ।
ढुवानी ज्यालातर्फ सजिलो सामानहरु (सिमेन्ट, गिट्टी, इट्टा, माटो, बालुवा आदि) को प्रति किलोमिटर/क्विन्टलमा ४ रुपैँया बढेर १०९ रुपैँया तोकिएको छ ।
जिल्ला दर रेट २०८२/८३ को लागि नुवाकोट

प्रतिक्रिया