sujim bazar advert

सवारी दुर्घटनामा एक युवकको मृत्यु

डबली खबर     असार २१, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

motorcycle accidents caution dabali khabar picture
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२१ असार, नुवाकोट । शनिबार बिहान विदुर नगरपालिका–१ ढुङ्गेमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी २० वर्षीय सोहन श्रेष्ठ (रोनिश श्रेष्ठ) रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

गल्छी–त्रिशूली सडकखण्डमा बिहान ११ बजेर ४० मिनेट जाँदा बा९३प १८४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आइरहेको बा.प्र. ०६–००१ ज ०१३८ नम्बरको विद्युतीय यात्रुबाहक गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक सोहन श्रेष्ठ गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्काल त्रिशूली अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएकोमा दिउँसो ३ बजेर १० मिनेट जाँदा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, छहरे-टोखा सडकखण्डको शिवपुरी गाउँपालिका-७ चापाबोटमा शनिबार बिहान बिएडि ३७७३ नम्बरको कारमा एक्कासी पहिरो खस्दा कारमा सवार काभ्रेको नबबुद्ध नगरपालिका-७ बस्ने बर्ष ४५ को श्यामकृष्ण श्रेष्ठ सामान्य घाइते भएका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top