sujim bazar advert

बेपत्ता भएको १७ दिनपछि भेटियो शव

डबली खबर     असार २०, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

death body
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२० असार, नुवाकोट । पौडी खेल्न जाने क्रममा खोलाले बगाई बेपत्ता भएका एक युवाको शव १७ दिनपछि भेटिएको छ ।

गत असार ३ गते दुप्चेश्वर गाउँपालिका-७ कुटुङखोलाका २६ वर्षीय नोनो शेर्पा घरभन्दा दुई सय मिटर तल रहेको तादी खोलामा पौडी खेल्न जाने क्रममा खोलाले बगाई बेपत्ता भएको थियो ।

खोजतसालका क्रममा आज असार २० गते बिहान १० बजेको समयमा वडा नं. ६ टटलेस्थित खोलाको बगरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको कार्य गरी मृत शव पोष्टमार्टमको लागि त्रिशूली अस्पालमा लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धानको कार्य भई रहेको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top