sujim bazar advert

जलवायु उत्थानशिलतामा सरोकारवालाको साझा प्रतिबद्धता

डबली खबर     असार १९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Shared commitment of stakeholders to climate resilience
Big Education Consultancy Nuwakot

१९ असार, नुवाकोट । जलवायु उत्थानशिलतामा सरोकारवालाले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कफ्सन) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा तीनदिने जलवायु उत्थानशिलताकाे लागि क्षमता अभिवृद्धि कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, नागरिक संघसंस्था, समुदाय, पत्रकार लगायतले उक्त प्रतिबद्धता गरेका हुन् ।

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत असार १७ गतेदेखि १९ गतेसम्म विदुरमा भएको कार्यशालामा जिल्लाका वन र सरसफाई क्षेत्रमा कार्य गर्ने समुदायहरुका ३० जनाको सहभागिता रहेको थियो।

कार्यशालाको समापनमा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले वन प्रयोगका लागि सामुदायिक उपभोक्ता वन समुदायले लाग्नुपर्ने बताए । जलवायु परिवर्तनको प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गर्नुपर्ने बताए ।

व्यक्ति, समुदाय वा देशले जलवायु परिवर्तनका असरहरू सामना गर्न, अनुकूलन गर्न र ती असरबाट पुनः उभिन सक्ने क्षमताबारे जानकारी दिएको सहजकर्ता डा. राजकुमार आचार्यले जानकारी दिए । यो अवधारणाले प्राकृतिक प्रकोप, तापक्रम वृद्धि, अनावृष्टि, बाढी, पहिरो जस्ता जलवायुजन्य जोखिमहरूबाट हुने क्षति न्यूनीकरण गर्दै दीर्घकालीन दिगो विकास सुनिश्चित गर्न सबै लाग्नुपर्ने बताए ।

कार्यशालामा वन डिभिजन कार्यालय नुवाकोटका प्रमुख रोशन पोखरेल, कफ्सन नेपालका अध्यक्ष बिना श्रेष्ठ, सामुदायिक वनका सहजकर्ता भोला खतिवडा, जलवायु विज्ञ सुदील गोपाल आचार्यले सहजीकरण गरेका थिए ।

कार्यशालामा स्थानीय तहको योजना तर्जुमा, विकासका प्राथमिकता, जलवायु, जन तथा प्रकृतिमैत्री अवधारणामा महत्त्वपूर्ण छलफल भएको थियो । वन क्षेत्र र स्थानिय समुदायबिचको अन्तरसम्बन्धका सवाल तथा सञ्जालको भावि कार्य दिशाबारे चर्चा गरिएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top