+
Search

ताजा अपडेट +

पपुलर +

सडक दुर्घटनामा एक पुरुषको मृत्यु

motorcycle accidents caution dabali khabar picture
डबली खबर
१० महिना अगाडी

५ असार, नुवाकोट । बिहीवार गल्छी–त्रिशूली सडकखण्डमा भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका वडा नं. ७ कल्चेडी भीरस्थित उक्त सडकखण्डमा ट्रक र मोटरसाईकल एकआपसमा ठोकिँदा तारकेश्वर गाउँपालिका वडा नं. ३ का ४५ वर्षिय शंकरमान श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

दिउँसो २ बजेर ५० मिनेटको समयमा गल्छीतर्फ जाँदै गरेको ना ६ ख १०६० नम्बरको ट्रक र सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०२९ प १६४२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको उनले जानकारी दिए ।

दुर्घटनामा सख्त घाईते भएका श्रेष्ठलाई तत्काल उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा पठाईएकोमा थप उपचारको लागि बि एण्ड बि अस्पताल ललितपुरमा लगिएको प्रहरीले जनाएको छ । अस्पतालले श्रेष्ठलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

ट्रक चालक हेटौँडा उपमहानगरपालिका वडा नं.८ का ४० वर्षिय दिपक मगर प्रहरी नियन्त्रणमा रहेको र घटनाको बिषयमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ