+
Search

ताजा अपडेट +

पपुलर +

मेयर कप क्रिकेट सुरु

bidur ward no 6 cricket team
डबली खबर
११ महिना अगाडी

२९ जेठ, नुवाकोट । आजदेखि तल्लो पिपलटारस्थित बागमती प्रदेशस्तरीय रंगशालामा प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

विदुर नगरपालिकाको आयोजना र नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगितामा नगरका ११ वटा वडाहरुले सहभागिता जनाएको छ ।

लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा १० लाख खर्च लाग्ने अनुमान गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १० लाई ५ विकेटले पराजित गर्दै वडा नम्बर ६ ले जीतको सुरुवात गरेको छ ।

प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कारसहित तक्मा, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ