+
Search

ताजा अपडेट +

पपुलर +

अम्मटे-लप्से पुल सडक कालोपत्रे सुरु

dabali khabar samachar - leading news portal from nuwakot
डबली खबर
११ महिना अगाडी

जेठ ९, नुवाकोट । शिवपुरी गाउँपालिका वडा नं. ६ मा अम्मटे-लप्से पुल सडक खण्ड जेठ ९ देखि १५ गतेसम्म एक हप्ता बन्द हुने भएको छ।

गाउँपालिकाले बिहीवार सूचना जारी गर्दै गाउँपालिकाको वडा नं ६ स्थित अशोकको पसल पुरानो गा.वि.स भवन महतटोल अम्मटे-लप्से पुल सडक खण्ड कालोपत्र गर्ने कार्यक्रम भएकोले ९ गते (आज ) देखि १५ गतेसम्म ७ दिन उक्त सडक खण्डमा सवारी साधन आवागमन बन्द हुने जनाएको छ।

गाउँपालिकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

खोलेगाउँको आशोकको पसलदेखी लप्से पुलसम्म झण्डै ४ किलोमिटर सडक कालोपत्रेको चरणमा रहेको ६ नम्बर वडाका अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए । 

झण्डै ४ किलोमिटर सडकका लागि बागमती प्रदेश सरकार अन्तर्गत भौतिक योजना तथा पूर्वाधार मन्त्रालयबाट बजेट प्राप्त भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ