+
Search

ताजा अपडेट +

पपुलर +

बैंकरले भेटे गभर्नर

nba meets governor
डबली खबर
११ महिना अगाडी

८ जेठ, काठमाडौं । नेपाल बैंकर्सका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

गभर्नर डा. पौडेललाई बधाई तथा शुभकामना प्रदान गर्दै सङ्घका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव झैँ नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका छन् ।

नव नियूक्त गभर्नर डा. पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएकाे योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ