sujim advert

स्याङ्जामा गरिमा विकास बैंकका दुई नयाँ शाखाहरू

डबली खबर     जेष्ठ २, २०८२

sizen education new intake 2025
ananda Jewellery shop

गरिमा विकास बैंक
bidur tax consultancy services in nuwakot

२ जेष्ठ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत बुधबार स्याङ्जाको बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको बैंकको बिरुवा शाखाको समुद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दिलिपप्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् ।

त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् ।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकि सेवा प्रवाह गर्दै आईरहेको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top