sujim advert

विद्यार्थी दिवसमा फलफुल वितरण

डबली खबर     जेष्ठ १, २०८२

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

१ जेठ, नुवाकोट । राष्ट्रिय युवा सङ्घ नेपाल नुवाकोट र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटले बालबालिकालाई फलफुल वितरण गरेको छ।

युवा तथा विद्यार्थी स्थापना दिवसको अवसरमा सङ्घ र अनेरास्ववियुले संयुक्तरुपमा विदुर नगरपालिका-२ स्थित शिवालयमा रहेको आमाको मायाका आश्रित बालबालिकालाई फलफुल वितरण गरेको राष्ट्रिय युवा सङ्घ नेपाल नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिए । 

विद्यार्थी देशको भविष्यका कर्णधार हुन् र उनीहरूको सक्रिय सहभागिता बिना कुनै पनि राष्ट्रले प्रगति हासिल गर्न नसक्ने जसका लागि आज पनि एकताबद्ध विद्यार्थी आन्दोलनको महत्व उत्तिकै रहेको उनले बताए ।

नयाँ जोशले भरिएको बालबालिकालाई सहयोग गरि स्थापना दिवस मनाइएको अनेरास्ववियुका नेता फैसल दिनले बताए । विद्यार्थी दिवसले सम्पूर्ण विद्यार्थीलाई एकजुट भई यी उच्च लक्ष्य प्राप्त गर्न प्रेरणा प्रदान गर्ने उनले बताए ।

विद्यार्थी एकताको अद्वितीय शक्तिले आन्दोलनमा ऐतिहासिक विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ १ गतेलाई विद्यार्थी दिवस (एकता र विजय दिवस) को रूपमा मनाइँदै आएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top