sujim advert

विदुर नगरपालिकाका सात स्थानमा विद्युत आपूर्ति बन्द हुने

डबली खबर     १ हप्ता अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nea nuwakot service center
bidur tax consultancy services in nuwakot

२६ वैशाख, नुवाकोट । विदुर नगरपालिकाका शनिबार वैशाख २७ गते (भोलि) सात स्थानमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सूचना जारी गर्दै विदुर नगरपालिकाका सात स्थानमा बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

त्रिशूली सबस्टेशनअन्तर्गत फिडर नम्बर ६ का वितरण लाइनहरूको बुस कटिङ्ग र मर्मत कार्यका लागि आपूर्ति अवरुद्ध गर्न लागिएको हो ।

नगरपालिकाको सदरमुकाम विदुर, बट्टार, पिपलटार, आँपघारी, इनारपाटी, गङ्गटे र माझीटार क्षेत्रमा विद्युत् बन्द रहने छ।

केन्द्रले काम सम्पन्न भएसँगै समयभन्दा अगावै लाइन सञ्चालनमा ल्याइने जनाएको छ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top