sujim advert

लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य

डबली खबर     ३ हप्ता अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nepal loktantrik yatayat
bidur tax consultancy services in nuwakot

१३ वैशाख, काठमाडौँ । नेपाली काँग्रेस निकटम संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् ।

सङ्घको दोस्रो महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर र अर्जुन रानाभाट, खुला उपाध्यक्षमा सुरेश हमाल, सानुकाजी प्रजापति, नन्दलाल श्रेष्ठ, कान्छाराम बल, शरद् अधिकारी र महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ चयन भएका छन्।

यसैगरी, उपाध्यक्षहरूमा राजेन्द्र रिजाल (कोशी), मनोज चौधरी (मधेस), सुवन गिरी (बागमती), गोकर्ण कार्की (गण्डकी), मनप्रसाद आचार्य (लुम्बिनी), विष्णुबहादुर खड्का (कर्णाली) र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा उपेन्द्र विष्ट निर्वाचित भएका हुन् ।

सङ्घको महासचिवमा केदारनाथ पौडेल, उपमहासचिवमा रजन रोक्का, सचिवमा रवि रिमाल, किरण खड्का, राजेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रविक्रम बानिया र सहकोषाध्यक्षमा टेकराज जोशी चयन भएका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top