३० चैत, विदुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नुवाकोटको अध्यक्षमा राजेन्द्र दवाडी चयन भएका छन् ।
शनिवार भएको संस्थाको चौधौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा दवाडी निर्वाचित भएका हुन् ।
उनको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
संस्थाको उपाध्यक्षमा कृष्णप्रसाद दाहाल र सुमित्रा पौडेल चयन भएका छन् ।
यस्तै, सचिवमा हरिप्रसाद लामिछाने, सहसचिवमा दुर्गा भट्ट र कोषाध्यक्षमा लक्ष्मी लामा चयन भएका छन् ।
नुवाकोटका १२ वटै स्थानीय तह समेटिने गरी सदस्यमा चयन गरिएको छ ।

प्रतिक्रिया