२२ चैत, काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
एसबानको अध्यक्ष ढकालको टोलीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईँलाई बधाई दिँदै उक्त माग राखेका हुन् ।
उनले पुँजी बजारमा ६५ लाख लगानीकर्ता पुगिसकेको र बर्षौदेखि टीएमएसको मोबाईल एप नहुँदा समस्या भोग्दै आएकोमा तत्काल टीएमसको मोबाइल एप कार्यान्यनमा ल्याएर लगानीकर्तालाई सहजिकरणका साथै उनीहरुको हितमा काम गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आफु निजी क्षेत्रबाट आएकाले उनीहरुको समस्याहरू राम्ररी बुझेको उल्लेख गर्दै केही नयाँ सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया