sujim advert

सहकारी संघ/संस्थामा लेखासुपरीवेक्षण समितिको भूमिका

नारायण श्रेष्ठ     २ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

role of account-responsibility in cooperative
bidur tax consultancy services in nuwakot

सहकारी संघ संस्थाहरुको सबैभन्दा माथिल्लो निकाय भनेको साधारणसभा हो । यो प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र अनिवार्य बस्नुपर्ने व्यवस्था सहकारी ऐन २०७४ को दफा ३९ मा स्पष्ट व्यवस्था गरेको छ । प्राय प्रत्येक ४/४ वर्षमा सञ्चालक समिति र लेखासुपरीवेक्षण समितिको निर्वाचन वा छनौट पनि वार्षिक साधारण सभावाट हुने गर्दछ । सहकारीको सञ्चालक समिति सदस्यहरूको प्रतिनिधित्व गर्ने समिति हो । जसले सहकारी संस्थाको दैनिकी गतिविधिहरूको सञ्चालन, निर्णयहरू र रणनीतिहरूलाई देखरेख गर्छ । यसको कर्तव्य संस्थाको उद्देश्यहरूको पूर्तिका लागि व्यवस्थापकीय र प्रशासनिक निर्णयहरू लिनु हो ।

कुनै पनि विषयमा निर्णय गर्दा सञ्चालक समितिले सहकारी ऐन, नियमावली, मापदण्ड, सहकारी विभागबाट जारी निर्देशिकाहरु, संस्थाको आफ्नै विनियम, संस्थाका आन्तरिक नीति तथा कार्यविधिहरु, साधारणसभाको निर्णय रणनितीक योजना, वार्षिक योजनाहरुको पूर्ण पालना गर्नुपर्दछ ।

सहकारीको लेखासुपरीवेक्षणले सहकारी संस्थाहरूको वित्तीय गतिविधिहरूको निगरानी र मूल्याङ्कन गर्दछ । यसको प्रमुख उद्देश्य सहकारी संस्थाको लेखा र वित्तीय रिपोर्टिङ प्रक्रिया सुनिश्चित गर्नु हो, ताकि संस्थाको वित्तीय स्थिरता, सञ्चालनलाई प्रभावकारीता, पारदर्शीता र कानूनी दायरामा क्रियाकदापहरु सञ्चालन रहोस् । सहकारीको नियमन, नियन्त्रण र सुपरीवेक्षणमा लेखासुपरीवेक्षण समितिको महत्वपूर्ण भूमिका रहन्छ ।

सहकारी ऐन, २०७४को दफा ४९मा लेखासुपरीवेक्षण समितिको काम, कर्तव्य र अधिकारको सन्दर्भमा प्रत्येक चौमासिकमा सहकारी संस्थाको आन्तरिक लेखासुपरीवेक्षण गर्ने गराउने, वित्तीय तथा आर्थिक कारोबारको निरीक्षण तथा मुल्यांकन गर्ने गराउने, सञ्चालक समितिको काम कारबाहीको नियमित सुपरिवेक्षण गर्ने गराउने, साधारणसभा तथा समितिका निर्णयहरु कार्यान्वयन भए/नभएको अनुगमन गर्ने, संस्थामा समग्र रुपमा वित्तीय अनुशासन कायम भए नभएको जाँचबुझ गर्ने र आवश्यक सुझाव दिने उल्लेख छ, उल्लेखित कार्यहरु गर्न लेखा सुपरिवेक्षण समितिको सदस्यमा निर्वाचित हुनका लागि लेखापालन तथा लेखा परीक्षण सम्बन्धी ज्ञान भएको हुनुपर्ने व्यवस्था सहकारी नियमावली २०७५को दफां २२ मा गरिएको छ । सहकारी संघ संस्थामा लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा संस्थाको आन्तरिक लेखापरिक्षण गर्ने, वित्तीय अनुशासन कायम भए नभएको जाँचबुझ गर्ने, ऐन नियमको पालना भए नभएको जाँचबुझ गर्ने ज्ञान वा आवश्यक पर्याप्त समय नहुन पनि सक्दछ, यस्तो अवस्थामा लेखा सुपरिवेक्षण समितिले आन्तरिक लेखापरिक्षण गर्नका लागि तीन जना आन्तरिक लेखापरिक्षकको नाम सञ्चालक समितिमा पेश गर्न सक्दछ, लेखा समितिले दिएको सिफारिसका आधारमा तीन मध्येबाट सञ्चालक समितिले आन्तरिक लेखापरिक्षक नियुक्त गर्न सक्नेछ । जे होस, लेखा सुपरिवेक्षण समिति आफैले वा आन्तरीक लेखापरिक्षक नियुक्त गरेर भएपनि संस्थाको आन्तरिक लेखा परीक्षण गर्ने ÷गराउने जिम्मेवारी लेखा सुपरिवेक्षण समितिमा रहेको हुन्छ ।

सहकारी ऐन २०७४ का दफा ४८ अनुसार व्यवस्था गरिएको सहकारी नियमावली २०७५ को दफा २२ मा लेखा सुपरिवेक्षण समितिको पदाधिको योग्यता:

(क) सम्बन्धित सहकारी संस्थाको सदस्यता लिएको कम्तीमा तीन वर्ष पूरा भएको,
तर प्रारम्भिक साधारण सभाबाट निर्वाचित हुने लेखा समितिका संयोजक तथा सदस्यहरूको हकमा यो खण्ड लागू हुनेछैन ।
(ख) संस्थालाई तिर्नु,वुझाउनुपर्ने बेरुजु वा भाखा नाघेको कर्जा वा बक्यौता रकम नरहेको,
(ग) संस्थाले आफै वा अन्य निकायको तर्फबाट आयोजना गरिने लेखापाल वा लेखापरिक्षण संग सम्वन्धित तालिम लिएको ।

लेखा सुपरीवेक्षण समितिको कार्यक्षेत्रलाई निम्न रुपमा उल्लेख गर्न सकिन्छ ।

१) सुपरीवेक्षकका रुपमाः लेखा सुपरीवेक्षण समितिले सुपरीवेक्षकका रुपमा कार्य गर्दछ । संघ/संस्थामा सञ्चालक समिति र व्यवस्थापनले उद्देश्य अनुसार ऐन कानून, विनियम तथा नीति तथा कार्यविधिहरु अनुसार काम सञ्चालन गरिरहेका छन् कि छैनन् । यदि केहि कमी कमजोरीहरु छन् भने समयमै सुधारका लागि आवश्यक सुझाव प्रदान गरिनेछ ।
२) आन्तरिक नियन्त्रकको रुपमाः संघ÷संस्थाले सहकारी सिद्धान्त, मूल्य र मान्यता अनुसार सञ्चालन भए नभएका हेरी निर्देशन गर्नुका साथै साधारणसभाबाट पारित भएका व्यावसायिक योजना, रणनीतिगत योजना र वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन भए नभएको अवस्थाबारे जानकारी लिइ सञ्चालक समिति तथा उपसमितिहरुमा अधिकार, उत्तरदायित्व र जवाफदेपहता बोध गराउने कार्य गरिने छ ।
३) आन्तरिक लेखा परीक्षकका रुपमाः संघ÷संस्थाको शेयर पूँजीको अवस्था, जगेडा तथा तथा अन्य कोषहरुको अवस्था, आम्दानी र खर्चको अनुपात, सम्पति तथा दायित्व, आर्थिक कारोबारको नियमानुसार लेखाप्रणालीको व्यवस्था गरी हरहिसाब राखेको वा नराखेको रेखदेख गरि आवश्यक मार्ग निर्देशन दिने कार्य गरिनेछ ।
४) मार्ग दर्शकको रुपमाः सहकारी संघ÷संस्थामा लेखा सुपरीवेक्षण समितिको भूमिका सुपरीवेक्षण गर्ने, आन्तरिक नियन्त्रण गर्ने आन्तरिक लेखा परीक्षण माग गर्ने माग नभएर सञ्चालन , व्यवस्थापन तथा समृद्धिका निमित्त मार्गदर्शक अङ्गका रुपमा रहि कार्य गरिन्छ ।

यसका कार्यहरुलाई निम्न अनुसार देखाउन सकिन्छ:

(क) आन्तरिक लेखा परीक्षण:
लेखासुपरिवेक्षण समितिले सहकारीका सबै वित्तीय गतिविधिहरूको परीक्षण गर्छ र कुनै पनि अनियमितता वा दुरुपयोगलाई पहिचान गर्छ। यसले सहकारीको वार्षिक अडिट प्रक्रिया सञ्चालन गर्छ जसका आधारमा सहकारीको वित्तीय अवस्था मूल्याङ्कन हुन्छ । यसले सहकारीका सदस्यहरूलाई सही र पारदर्शी वित्तीय प्रतिवेदन दिन्छ, जसले सहकारीका कार्यहरूमा सदस्यहरु र जनमानसमा विश्वास कायम राख्न सहयोग पुग्दछ । यसले संस्थाको बाह्य लेखापरिक्षण गर्न सहयोग पु¥याउँदछ ।

(ख) आन्तरिक नियन्त्रण र प्रक्रियाहरूको अनुगमन:
लेखा सुपरिवेक्षण समितिले सहकारीको आन्तरिक नियन्त्रण प्रणालीलाई अनुगमन गर्छ । यस अन्तर्गत समितिले सहकारीका वित्तीय कारोवार र अन्य प्रशासनिक प्रक्रियाहरूको पारदर्शिता र नैतिकता सुनिश्चित गर्नका लागि काम गर्छ । यदि कुनै कर्मचारी वा सदस्यले अनियमितता गरेको खण्डमा समितिले त्यसको जाँच र सुधारका उपायहरूको सिफारिस गर्न सक्छ ।

(ग) पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्नु:
लेखा सुपरिवेक्षण समितिको अर्को प्रमुख कार्य भनेको सहकारीको पारदर्शिता कायम राख्नु र त्यसका कार्यहरूलाई सबै सदस्य र बाह्य निकायहरूको लागि जवाफदेहिता बनाउनु हो । समितिले नियमित रूपमा वित्तीय र प्रशासनिक रिपोर्ट तयार गरेर सहकारीका सबै सदस्यलाई जानकारी दिन्छ, जसले सहकारीको आन्तरिक गतिविधिहरूमा विश्वास जगाउँछ।

(घ) सुधारका सिफारिसहरू:
समितिले सहकारीको आर्थिक व्यवस्थापनमा कुनै पनि सुधारका लागि सिफारिस गर्छ । यदि कुनै नीति, प्रक्रिया, वा व्यवस्थापनमा सुधारको आवश्यकता छ भने, लेखासुपरिवेक्षण समिति त्यसका बारेमा उपयुक्त सिफारिसहरू गर्दछ, जसले सहकारीलाई दीर्घकालीन रूपमा आर्थिक स्थायित्व र विकासमा सहयोग पुर्याउँछ ।

सहकारी लेखासुपरिवेक्षण समिति गठन र कार्य सञ्चालनका समस्याहरु:

क) लेखापाल वा लेखापरिक्षण संग सम्बन्धित तालिम नलिएको, सामान्य लेखाविधिको ज्ञान समेत नभएको व्यक्ति समितिमा रहनु वा छनौट हुनु,
ख) राजनीतिक भागवण्डामा संयोजक र सदस्यहरु छनौट वा निर्वाचित गराउनु ,
ग) संस्थालाई तिर्नु, बुझाउनुपर्ने बेरुजु वा भाखा नाघेको कर्जा वा बक्यौता रकम रहेको व्यक्ति छनौट गर्ने,
घ) समितिमा आउनु पूर्व आवश्यक शिक्षा तथा तालिम प्रदान नगरिनु,
ङ) सञ्चालक समितिको नियमित वैठकमा लेखा संयोजक र सदसयहरु सहभागी हुनु,
च) सञ्चालक समितिमा वस्न नपाए पछि लेखा सुपरिवेक्षणमा रहनु,
छ)लेखा सुपरिवेक्षण समितिको कार्य र कर्तव्य के हो ? बोध नहुनु, सञ्चालक समितिको पुरककको रुपमा कार्य गर्नु ।

निष्कर्ष:

सहकारीको नियमन, नियन्त्रण र सुपरिवेक्षणमा लेखासुपरिवेक्षण समिति भूमिका अत्यन्त महत्त्वपूर्ण छ । लेखासुपरिवेक्षण समिति सहकारीको आन्तरिक निगरानी र वित्तीय पारदर्शिता सुनिश्चित गरि सहकारी संस्थाको दीर्घकालीन सफलता र स्थायित्वमा मद्दत पुर्याउँदछ । कम्तीमा एक आर्थिक वर्षमा कम्तीमा ४ पटक बैठक बस्न सकेमा र सञ्चालक समितिलाई लिखित प्रतिवेदन बुझाउन सकेमा सहकारी संस्था सहि दिशामा अगाडि बढ्न सक्दछ ।

लेखक नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. (नुस्कुन).का अध्यक्ष हुनुहुन्छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top