+
Search

ताजा अपडेट +

पपुलर +

दुर्लभ तस्वीरसहित बैंकको क्यालेण्डर सार्वजनिक

Calendar published Global IME bank
डबली खबर
१ साल अगाडी

६ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दुर्लभ तस्वीरहरु समावेश गरिएको क्यालेण्डर सार्वजनिक गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छ ।

तस्वीरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ ।

क्यालेण्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए ।

कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ