+
Search

ताजा अपडेट +

पपुलर +

वैदेशिक रोजगारीमा रहेकालाई सहज

ssf hbl
डबली खबर
१ साल अगाडी

४ चैत, काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने भएको छ।

हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषबीच यस सम्बन्धी सम्झौता भएको हो ।

बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

वैदेशिक रोजगारीमा रहेका योगदानकर्ताहरूले हिमालयन बैंकमा खाता खोली विभिन्न डिजिटल माध्यमहरू, जस्तै हिमाल रेमिट, मोबाइल बैंकिङ वा कार्डमार्फत आफ्नो योगदान रकम सहज रूपमा जम्मा गर्न सक्नेछन्। बैंकले संकलन गरेको रकम सोही दिन सामाजिक सुरक्षा कोषको खातामा जम्मा गरिने व्यवस्था मिलाइएको छ।

यस व्यवस्थाले प्रवासी नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सजिलो बनाउने र उनीहरूको दीर्घकालीन आर्थिक सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ