sujim advert

बुढीगण्डकी जलविद्युत छिटो बन्नुपर्छ: वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ

डबली खबर     माघ २८, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

anjan shrestha fncci nepal
bidur tax consultancy services in nuwakot

२७ माघ, नुवाकोट । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बुढीगण्डकी जलविद्युत आयोजना छिटो बन्नुपर्ने बताएका छन् ।

धादिङ उद्योग वाणिज्य सङ्घको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उक्त धारणा राखेका हुन् ।

धादिङको विकासको प्रचुर सम्भावना बोकेको बुढीगण्डकी जलविद्युत आयोजना बन्न जति ढिलो भयो उति जिल्लालाई घाटा हुने उनले बताए ।

‘धादिङको आर्थिक विकास, पर्यटन र कृषि क्षेत्रमा दीर्घकालिन सोचका साथ काम गर्ने योजना रहेको छ ‘, उनले भने ।

उत्पादन, व्यवसाय, पर्यटन जस्ता क्षेत्र एकै ठाउँ भए धादिङले फड्को मार्ने उनले बताए ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top