२३ माघ, नुवाकोट । बेलकोटगढी नगरपालिकामा यात्रुबाहक बसले एक मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएकाे छ ।
गल्छी-केरुङ त्रिदेशीय राजमार्गअन्तर्गत बेलकोटगढी नगरपालिका-७ कल्चेडी भिर भन्ने स्थानमा बस र मोटरसाइकल ठोक्किदाँ एकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलका चालक २२ वर्षीय जीवन राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गाराज रेग्मीले जानकारी दिए ।
यसैगरी मोटरसाइकल पूर्ण रुपमा र बसको अघिल्लो भागमा क्षति भएको छ ।
गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको टिमुरे यातायातको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा एक आपसमा ठोक्किएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
दुर्घटनामा बसमा सवार १९ जना यात्रुहरु घाइते भएका छन् । अहिले घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया