+
Search

ताजा अपडेट +

पपुलर +

तथ्याङ्क प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम

Awareness program on data usage
डबली खबर
१ साल अगाडी

६ माघ, नुवाकोट । विदुरमा आधिकारिक तथ्याङ्क प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्लास्थित पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष नवराज सुवेदीले तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनसँगै केन्द्रीय तथ्याङ्क विभागबाट ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’ रूपान्तरण भएपछि को नीतिगत तथा कार्यक्रम, समस्या, चुनौतीबारे पत्रकारले कलम चलाउनुपर्ने बताए ।

तथ्याङ्कप्रदायक, तथ्याङ्क उत्पादक र प्रयोगकर्ताहरूबीच निरन्तर सहकार्य र सुसम्बन्ध राख्दै नेपालको तथ्याङ्कीय प्रणालीको विकास र सुदृढीकरणमा राष्ट्रिय तथ्याङ्क कार्यालयको उद्देश्य, रणनीति, कार्यक्रमबारे प्रकाश पारिएको तथ्याङ्क अधिकृत नारायणप्रसाद रिजालले बताए ।

तथ्याङ्कीय कार्यालय नुवाकोटमा हुनुपर्ने सहभागी पत्रकारहरुले जोड दिएका छन् । राष्ट्रिय तथ्याङ्घ कार्यालयले तयार गरेका विवरणलाई केन्द्रीकृत गर्दै सरकारी तथा निजी प्रयोजनको लागि एकरुपता ल्याउनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा शिव श्रेष्ठ र धनबहादुर बिसीले राष्ट्रिय तथ्याङ्क ऐन, नियम, राष्ट्रिय तथ्यांक प्रणाली, तथ्यांकीय प्रस्तुति ‍‍‍‌‍‍‍‍‍‍‍‍‍‌र प्रयोग, जनगणना, औद्योगिक गणनालगायतमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ