+
Search

ताजा अपडेट +

पपुलर +

करोडौंको लगानी वेबारिसे

chimteshwar view tower front
डबली खबर
१ साल अगाडी

२८ पुस, नुवाकोट । सम्बन्धित निकायको गैरजिम्मेवारीले नुवाकोटमा करोडौँका आयोजना बेवारिसे बनेका छन् । कतिपय आयोजना निर्माणको उद्देश्यभन्दा फरक तरिकारले प्रयोगमा ल्याइएको छ ।

त्यसैको उदाहरण हो बेलकोटगढी नगरपालिकाको चिम्टेश्वर क्षेत्रमा करीब तीन करोडको लागत रहेका ७० फिट अग्लो दृश्यावलोकन स्थल (भ्यूटावर) ।

प्रदेश सरकारले स्थानीय तहको पहिलो कार्यकालमा निर्माण सुरु गरेको भएतापनि भ्यूटावर नीतिगत रुपमा हस्तान्तरण नभएको नगरप्रमुख जगतबहादुर गुरुङले बताए ।

प्रदेश सरकारलाई बारम्बार ताकेता गर्दा पनि भ्यूटावरको स्वामित्व नगरपालिकालाई अहिलेसम्म दिन नसकिरहेको अवस्था छ”, नगरप्रमुख गुरुङले भने “नगरलाई नीतिगत रुपमा हस्तान्तरण नहुँदा भ्यूटावर संरक्षण र निर्माणको निरन्तता हुन सकेको छैन ।

निर्माण अपुरो रहेको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको नगरप्रमुख गुरुङले बताए ।

डिआरएस, डेभलोपर्स एण्ड डिजनाइनर प्राइभेट लिमिटेडले तयार पारेको डिटेल प्रोजेक्ट रिपोर्ट

चिम्टेश्वर विकास समिति तथा वडा नम्बर २ का अध्यक्ष रामचन्द्र तिमिल्सिनाले स्थानीय सरकारको क्षेत्राधिकारभित्र निमार्ण भएको संरचनाको चासो रहेको भ्यूटावरमा यसवर्ष चिम्टेश्वर पर्यटन विकास शिर्षकमा १० लाख बजेट विनियोजन भएको जानकारी दिए । सोहिअनुसार भ्यूटावरको मर्मतमा खर्च गरेर चिम्टेश्वर क्षेत्रको गरीमा बढाउन आफु लाग्ने बताए । “विदेशी पर्यटकको उचाई अनुसारको प्रवेशद्वार, वर्षामा पानी भित्र पस्ने, शौचालय अव्यवस्थित लगायतका प्राविधिका त्रुटी यथावत् नै छ । तापनि केही मर्मतासम्भार गरी यसवर्ष सञ्चालनमा ल्याउने प्रक्रियामा लागेका छौं ।

मदन भण्डारी भ्यूटावर नामकरण दिएको भ्यूटावर २०८७ को जेठ मसान्तसम्ममा नै काम सम्पन्न गर्ने गरी २०७७ पुस १७ गते भ्यूटावरको पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे र बेलकोटगढी नगरपालिकाको निवर्तमान नगरप्रमुख राजेन्द्ररमण खनालले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

सिमचौरको घुमाउनेमा निर्माण भएको बधशाला

त्यस्तै, विदुर नगरपालिका–४ सिमचौरको घुमाउनेमा निर्माण भएको बधशाला सञ्चालन पनि अन्यौल बनेको छ । सुविधासम्पन्न बधशाला नगरपालिकाको वेवास्ताका कारण अलपत्र र जीर्ण बनेको छ ।

करिब ४ रोपनीमा निर्माण भएको बधशाला दुई करोड रुपैयाँको लागतमा संघीय सरकारको थप एक करोड गरी तीन करोड रुपैयाँको लगानी निर्माण गरिएको थियो ।

मुख्य संरचनाहरु सबै निर्माण भएपनि नगरपालिकाले बधशाला सञ्चालनमा चासो नदेखाउँदा करोडौँको सम्पत्ति जिर्ण हुन थालेको पूर्व वडासदस्य वसन्त रिजाल बताउँछन् ।

वधशाला सञ्चालनको लागि भौतिक पूर्वाधार पूर्ण भएपनि सफा नगरपालिका निर्माणको लागि बधशाला निर्माण गर्नुपर्ने योजनासहित नगरपालिकाले यसको सुरु गरेको थियो ।

वधशाला सञ्चालनको लागि भौतिक पूर्वाधार पूर्ण भएपनि सफा नगरपालिका निर्माणको लागि बधशाला निर्माण गर्नुपर्ने योजनासहित नगरपालिकाले यसको सुरु गरेको थियो ।

तर, बधशाला सञ्चालनको लागि नगरपालिकाले नै पहल नगर्दा करोडौंको लगानीको उपयोग हुन सकेको छैन । अर्कोतर्फ सदरमुकाम विदुर र आसपास क्षेत्र अस्वस्थ्य मासुको बिक्री वितरणले मानव स्वास्थ्यमा प्रतिकुल असर पुगिरहेको छ ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बधशाला सञ्चालनका सम्बन्धमा सरोकारवालासँगको छलफल भइरहेका जानकारी दिए ।

म नगरपालिकामा आउनुभन्दा पहिले नै यो वधशाला निर्माण भइसकेको हो’ प्रमुख श्रेष्ठले भने– ‘यसै आर्थिक वर्षभित्रमा बधशाला सञ्चालनको लागि भौतिक संरचना मर्मत गर्न आवश्यक ३० लाख बजेट विनियोजन गरिएको छ । सोहिअनुसार बधशाला सञ्चालनमा आउनेछ ।

बाह्य भौतिक संरचना निर्माण सकिएको झण्डै तीन वर्ष पुग्दासम्म बधशाला सञ्चालनमा आउन सकेको छैन । निर्माण सकिएको लामो समयसम्म भवन सञ्चालनमा नआउँदा भित्ता चर्किएका छन् । बधशालाका लागि ल्याइएका उपकरणसमेत काम नलाग्ने हुँदै गएका छन् ।

बधशाला नहुँदा कारण नुवाकोटको विदुर, बट्टार, त्रिशूली, कोलोनी तथा आसपासका बजारहरुमा दैनिक बिक्री हुने मासुमध्ये ७५ प्रतिशत अस्वस्थकर रहेको छ ।

“कोसेली घर” प्रहरीको क्वार्टरमा

कोसेली घर: अस्थायी प्रहरीचौकी घर

विदुर नगरपालिका–४ बट्टार बसपार्कमा निर्माण भएको कोसेली घर अस्थायी प्रहरीचौकी घर भएको छ ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा दुई तलाको कलात्मक शैलीमा कोसेली घर निर्माण भएको थियो । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आलटाल भईरहेको छ ।

नगरपालिका र तत्कालिन घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटको लागत साझेदारीमा निर्माण भएको भवनको कुल लागत ८५ लाख थियो । नगरपालिका र जिल्लाका लघु उद्यमी तथा कृषकले उत्पादन गरेको सामग्री प्रदर्शनी र बिक्री गर्ने र विकास निर्माणलाई आर्थिक उपार्जनमा जोड्ने उद्देश्यले निर्माण गरिएको थियो । उपभोक्तमार्फत गर्दा १५ लाख कम लागतमा बनेको थियो ।

नगरप्रमुख श्रेष्ठले भने, ‘कोसेली घरको पनि केहि महिनामै सञ्चालन ल्याउन पाँचलाख बजेट नीतिगत निर्णय भइसकेको छ । प्राविधिक टोलीले कार्य गरिरहेको छ ।

०७९ मा सम्पन्न भएको कोसेली घरको नगरपालिकाले २२ लाख र घरेलु तथा साना उद्योग कार्यालयले ४८ लाख लगानी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ