+
Search

ताजा अपडेट +

पपुलर +

पाँचौँ गोसाइँकुण्ड पालिका अध्यक्ष कप : जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै

डबली खबर
१ मिनेट अगाडी

१८ वैशाख, धुन्चे, रसुवा । रसुवाको पर्यटकीय क्षेत्र गोसाइँकुण्ड गाउँपालिकामा आगामी वैशाख ३० गतेदेखि ‘पाँचौँ गोसाइँकुण्ड पालिका अध्यक्ष कप’ जिल्लास्तरीय पुरुष खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

स्थानीय खेलकुदको विकास र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता वैशाख ३० गते सुरु भई जेठ २ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए ।

खेलहरू जिल्लाको सदरमुकाम धुन्चेमा हुने प्रतियोगितामा प्रथमले दुईलाख ५० हजार, द्वितीय पुरस्कार: दुईलाख र तृतीयले एकलाख ५० हजार रुपैँया प्राप्त गर्ने पालिका उपाध्यक्ष प्रतिमा तामाङले जानकारी दिईन् ।

आयोजकका अनुसार टिम दर्ता प्रक्रिया वैशाख २५ गतेदेखि सुरु भई वैशाख २९ गतेसम्म चल्नेछ। प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन प्रत्येक टिमले जिल्ला बाहिरका ३ जना खेलाडीहरू समावेश गर्न पाउने विशेष प्रावधान राखिएको छ।

खेलकुदका साथसाथै दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न प्रतियोगिताको अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिनेछ। खेल र संस्कृतिको संगमले यो महोत्सवलाई थप भव्य बनाउने विश्वास लिइएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले ट्याम्पा जि.एल., अजयराम सापकोटा, सुमन डि.एम., रोशन बास्कोटा, निरन्जन श्रेष्ठ र छिरिङ घले (धुन्चे वडा कार्यालय) सँग सम्पर्क गरी आफ्नो टिम दर्ता गराउन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ