+
Search

ताजा अपडेट +

पपुलर +

एचआइभी र एड्ससम्बन्धी लान्छना तथा भेदभाव न्यूनीकरणका लागि अभिमुखीकरण

डबली खबर
१८ घण्टा अगाडी

१५ वैशाख, विदुर । नुवाकोटमा एचआइभी र एड्ससम्बन्धी लान्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम भएको छ।

विदुरमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा भएको कार्यक्रममा त्रिशुली अस्पताल र त्रिशुली प्लसको समन्वय रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, उपप्रमुख दलबहादुर तामाङ, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, कार्यालय प्रमुख डा. अञ्जु कार्कीलगायतले समाजमा एचआइभी र एड्सबारे रहेका गलत धारणा, लान्छना र विभेद हटाउनु अत्यावश्यक रहेको बताएका थिए । संक्रमित व्यक्तिहरूप्रति सम्मानजनक व्यवहार र उनीहरूको अधिकार संरक्षणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए ।

संक्रमित बिरामी खुलेरै स्वास्थ्य संस्थामा नआउँदा भयावह हुने देखिएकोले समयमै उचित उपचार लिन उपप्रमुख बोगटीले अनुरोध गरिन् ।

जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकार, एचआइभी संक्रमित व्यक्ति तथा मुख्य जोखिम समूहहरूको सहभागिता रहेको कार्यक्रममा एचआइभी संक्रमित एक बिरामीले आफुलाई समाजबाट भन्दा पनि पत्नीलाई हेर्ने दृष्टिकोण र लान्छना तथा भेदभाव हुने गरेको बताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका फोकल व्यक्ति कृष्णप्रसाद रिजाल र नर्सिंङ अधिकृत वर्षा शर्माले संयुक्तरुपमा एचआइभी संक्रमणको वर्तमान अवस्था, जोखिम समूह, रोकथामका उपाय तथा उपचारसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए ।

हाल जिल्लामा  सबैभन्दा बढी दुप्चेश्वर गाउँपालिकामा ६८, विदुर नगरपालिकामा ३८, तादी गाउँपालिकामा २६ जना गरी दुईसय ९८ जना एचआइभी संक्रमित रहेको कार्यालयले जनाएको छ । जसमा आप्रवासी २८, सिरिन्जमार्फत् २०, यौनकर्मी १० र अन्य एकसय २९ जना रहेको छ ।

कार्यक्रममा सहभागीहरूले एचआइभी र एड्ससम्बन्धी लान्छना र भेदभाव हटाउन सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ