+
Search

ताजा अपडेट +

पपुलर +

देउरालीमा मोतियाबिन्दु छनौट शिविर

Cataract screening camp completed in Deurali
डबली खबर
२ हप्ता अगाडी

१० वैशाख, नुवाकोट । म्यागङ गाउँपालिकाका स्थानीय बासिन्दाहरूलाई लक्षित गर्दै सञ्चालित एकदिने निःशुल्क मोतियाविन्दु छनौट शिविर भएको छ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, तिलगंगा आँखा प्रतिष्ठान गौशाला र नेपाल आँखा कार्यक्रम–तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोटको प्राविधिक सहयोग तथा स्थानीय आयोजकहरूको समन्वयमा उक्त शिविर आयोजना गरिएको हो।

म्यागङ गाउँपालिका वडा नं. ३ स्थित देउराली स्वास्थ्य चौकीमा बुधबार वैशाख ९ गते सञ्चालित सो शिविरमा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।

ग्रामीण भेगका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित शिविरमा १५३ जनाले आफ्नो आँखाको परीक्षण गराएका छन्। परीक्षणका क्रममा मोतियाविन्दुको समस्या देखिएका २२ जना बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि छनौट गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोटका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य परीक्षण पश्चात् शल्यक्रियाका लागि सिफारिस भएका ती बिरामीहरूलाई आगामी वैशाख २१ र २२ गते तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टरहरूद्वारा शल्यक्रिया गरिने तयारी रहेको आयोजकले जनाएका छन्।

नुवाकोटको विकट क्षेत्रमा आँखाको ज्योति गुमाउने जोखिममा रहेका वृद्धवृद्धा तथा विपन्न वर्गका लागि यो शिविर अत्यन्तै राहतपूर्ण सावित भएको छ।

आज म्यागङ गापा वडा नम्बर ५ टक्सारस्थित बिन्दुकेशर माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुनेछ।

यो पनि पढ्नुहोस्
शिविरमा १५६ जनाको आँखा परीक्षण, १५ जनामा मोतियाविन्दु

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ