+
Search

ताजा अपडेट +

पपुलर +

शिविरमा १५६ जनाको आँखा परीक्षण, १५ जनामा मोतियाविन्दु

156 people tested for eye diseases in the camp 15 people diagnosed with cataracts
डबली खबर
३ हप्ता अगाडी

३ वैशाख, नुवाकोट। पञ्चकन्या गाउँपालिका वडा नम्बर १ स्थित बाँनियाटार स्वास्थ्य चौकीमा एकदिने निःशुल्क मोतियाविन्दु छनौट शिविर भएको छ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट, तिलगंगा आँखा प्रतिष्ठान गौशाला र नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटको प्राविधिक सहयोग तथा स्थानीय निकायको संयोजनमा उक्त शिविर आयोजना गरिएको हो।

बिहीबार भएको शिविरमा स्थानीय भेगका कुल १५६ जना सर्वसाधारणले आफ्नो आँखाको परीक्षण गराएका थिए। परीक्षण गरिएकामध्ये १५ जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि सिफारिस गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोटका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए।

शल्यक्रिया हुने छनौट भएका बिरामीहरूका लागि आगामी वैशाख २१ र २२ गते शल्यक्रिया गरिने उनले जानकारी दिए ।

प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा नुवाकोटमै अत्याधुनिक प्रविधिबाट उक्त बिरामीहरूको मोतियाविन्दुको शल्यक्रिया गरिने छ। ग्रामीण भेगका नागरिकलाई घरआँगनमै विशेषज्ञ सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ