पुस २०, बट्टार । नुवाकोट उद्योग वणिज्य सङ्घले जिल्लाका समथर फाँटका क्षेत्रहरुमा शहरी विकाससँगै स्मार्ट सिटीको अवधारणा लिएको छ ।
शनिबार भएको सङ्घको १९औं वार्षिक साधारणसभामा अध्यक्ष राजेन्द्र श्रेष्ठले नुवाकोटको आर्थिक विकास र सम्वृद्धिमा सङ्घको भूमिका प्रस्तुत गर्दै उक्त अवधारणा बारे जानकारी दिएका हुन् ।
अध्यक्ष श्रेष्ठले मध्यपहाडी राजमार्गको आसपासका कविलास, थानसिङ, ढिकुरे, चौघडा, पिपल्टार र देविघाट-गल्छी क्षेत्रहरुमा शहरी विकाससँगै स्मार्ट सिटीको अवधारणाको लागि सङ्घले आवश्यक पहल गरिरहेको बताए ।
स्थानिय तह प्रदेश र सङ्घले सरकारको सबै तहका राजश्व परार्मश समितिमा नीजि क्षेत्रको प्रतिनिधित्व सुनिश्चितता गर्न पहल गरिरहेको बताए । जिल्लाभित्र रहेका रुग्न उद्योगहरु सञ्चालनमा ल्याउन सङ्घले सम्बन्धित उद्योग सञ्चालक र सरोकारवाला निकायहरुसँग समन्वय गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा सङ्घको कार्यहरु र प्राप्त गरेको उपलब्धीबारे जानकारी दिँदै अध्यक्ष श्रेष्ठले विदुर नगरपालिकालाई व्यवस्थित, वैज्ञानिक र सुरक्षित बनाउने अभिप्रायले प्रमुख बजारहरुमा सिसी टिभी जडान गरी सञ्चालनमा ल्याइएको र सोको रेखदेख तथा व्यवस्थापन जिल्ला प्रहरी कार्यालयबाट हुदैँ आएकोमा सङ्घको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको परिसरभित्र नै नागरिक सहायता कक्ष निमार्ण गरी हस्तान्तरण गरिएको जानकारी दिए ।
आठौँ नुवाकोट महोत्सवले व्यापार, व्यवसाय, कृषि र पर्यटन व्यवसायलाई प्रबर्द्धनमा सहयोग पुर्याउन सफल भएको बताए ।
मानव स्वास्थ्यसँग सम्बन्धित रगत सङ्कलनको लागि नुवाकोट जिल्लामा नै रगत बैंक स्थापनाको लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटलाई सङ्घले आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए ।
जिल्लामा रहेको राजश्व समितिलगायत विभिन्न समिति र उपसमितिमा सङ्घको प्रतिनिधित्व गरी सङ्घले व्यवसायहरुको हकहित र रक्षाको लागि सरकारी गैरसरकारी र स्थानिय तहहरुसँग समन्वय गरि आवश्यक सुझावहरु प्रदान गरी नीतिगत रुपमा पैरवी गरिरहेको बताए ।
सङ्घद्वारा सञ्चालित इलम प्रशक्षिण केन्द्रमार्फत् युवाहरुलाई २२ वटा भन्दा बढि पाठ्क्रममा १६ हजार भन्दा बढी प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गरी व्यवसाय सुरुवात गर्न, रोजगारी, स्वरोजगारी सिर्जना गर्न सहयोग गरेका जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले सङ्घको व्यवसायिक हित प्रबर्द्धनका लागि नीति तथा कार्यनीतिहरु प्रस्तुत गरेका थिए ।
निजी क्षेत्रमैत्री नीति, ऐन र नियम निमार्ण गर्न स्थानिय, प्रदेश र सङ्घमा निरन्तर पैरवी गरिने बताए । व्यवसायीहरुको हकहितको लागि बीमा र कर राजश्व र वित्तिय सहयोग जस्ता कार्यक्रमहरु सञ्चालन गर्न सबै तहका सरोकारसँग समन्वयात्मक भूमिका निर्वाह गरिने बताए ।
व्यवसायीहरुलाई बजार प्रबर्द्धन, लेखा व्यवस्थापन र अन्य समस्याहरुको सामाधान गर्न क्षमता विकासका लागि तालिमहरु सञ्चालन गरिने छ । साना, मझौला तथा ठुला सवै व्यवसायीलाई सदस्यता विस्तार गरि मजवुत सङ्गठन निमार्ण गरिने जनाएको छ । साना उद्योगी व्यवसायीहरुलाई उद्यमशील क्षमताको विकास गर्नका लागि आवश्यक तालिम, सहयोग तथा सहजिकरण गरिने भएको छ ।
यस्तै, सङ्घले उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको बजारिकण गर्न विषेश प्राथमिकता दिइ कार्यक्रमहरु सञ्चालन तथा सञ्जाल विस्तार गरिने अध्यक्ष श्रेष्ठले बताए । बैंक तथा वित्तिय संस्था तथा स्थानिय तहसँग सहुलियत पूर्ण कर्जा प्रवाहका लागि सङ्घले आवश्यक भुमिका निवार्ह गरिने अध्यक्ष श्रेष्ठले बताए । त्रिदेशीय केरुङ नाका निरन्तर सञ्चालनको लागि सङ्घले सधै पहल गरिरहने बताए ।
युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार वृद्धि गर्नका लागि ईलम प्रशिक्षण केन्द्रमार्फत् प्राविधिक तथा व्यवसायिक तालिम प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया