sujim bazar advert

आठौँ नुवाकोट महोत्सव सुरु

सुनील श्रेष्ठ     माघ २६, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा शुक्रबारबाट सदरमुकाम विदुरमा आठौँ नुवाकोट महोत्सव सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज माघ २६ गते शुक्रबार उद्घाटन गरेको उक्त महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले महोत्सवको अवसरमा सङ्घद्वारा प्रकाशित स्मारिका विशेषांक विमोचन गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनीका लागि महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। 

महोत्सवमा विभिन्न नृत्य, लोकदोहोरी, विज्ञानप्रविधि प्रदर्शन लगायतका प्रतियोगिता हुने सङ्घका महासचिव उपेन्द्र बुढाथोकीले जानकारी दिए ।

महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग–अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको छ ।

महोत्सवमा विभिन्न जातीय झाँकी, नाच, भजन, भेषभुषा प्रदर्शन गरिएको थियो । नेवारको धिमे बाजा, लाखे नाच, मगरको घाटुनाच, किम्ताङको घोडानाच, तामाङको झाँक्रीनाच, कुमालको भेषभुषा, बाघभैरव समूहको भजन प्रस्तुत गरिएको छ । 

महोत्सवमा २५० स्टलहरु छ भने महोत्सव सफल गर्न मूल आयोजक समितिसहित विभिन्न ३० उपसमिति गठन गरिएको छ । संघले महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखेको छ ।

संघले २०६३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना गर्दै आएको छ ।

महोत्सव प्रत्यक्ष प्रसारण यहाँ क्लिक वा ट्याब गर्नुहोस् ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top