+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली सहकारीमा पुन: श्रेष्ठ

new elected members of trishuli cooperative
डबली खबर
१ साल अगाडी

१३ पुस, ढुङ्गे । त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन: हरिलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार (आज) भएको सहकारीको २४औं साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

सहकारीको उपाध्यक्षमा राजेन्द्र अमात्य, सचिवमा राजेश श्रेष्ठ र कोषाध्यक्षमा हरिचन्द्र अमात्य चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा सुर्यकुमार श्रेष्ठ, धनबहादुर श्रेष्ठ र ऋषिप्रसाद सापकोटा चयन भएका छन् ।

केशवबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन भएको छ । यस्तै, सदस्यहरुमा तेजु श्रेष्ठ जोशी र सरला प्रधान श्रेष्ठ चयन भएका छन् ।

निर्वाचन अधिकृत प्रमुख अधिवक्ता गंगाराम खनालले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ खुवानुकोसाथै प्रमाणपत्र प्रदान गरेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ