+
Search

ताजा अपडेट +

पपुलर +

थाङ्का लेखन तालिम सुरु

thanka writing training in Kakani Nuwakot
डबली खबर
१ साल अगाडी

७ पुस, नुवाकोट । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम ककनीमा सुरु भएको छ।

पुस ५ गतेदेखि सुरु भएको तालिमले नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनलाई थप प्रोत्साहन दिन टेवा पुर्‍याउने आयोजक संस्थाका अध्यक्ष फुपू छेम्बे शेर्पाले बताए ।

थाङ्का चित्रकलामा चासो राख्ने नयाँ तथा पुराना कलाकारलाई प्राचिन कलाको ज्ञान र सीप प्रदान गरिने उनले बताए।

प्रशिक्षक छेवाङ ग्याल्चन लामा र सहप्रशिक्षक सोनाम साङ्मोले सहभागीहरूलाई थाङ्का चित्रकलाका मौलिक शैली, रङ्ग संयोजन, प्रतीकात्मक महत्त्व, र चित्रांकन प्रक्रियाका विविध चरणहरूबारे व्यावहारिक ज्ञान प्रदान गर्न सहजीकरण गर्नेछ ।

सफल र सीप आर्जनमा तालिमले टेवा पुर्‍याउन सहयोग पुगेकोले यसलाई निरन्तरता दिएको संस्थाले जनाएको छ ।

तालिममा नुवाकोट, इलाम, काभ्रेपलान्चोक, गोरखा, बारा, झापा, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूबाट करिब डेढ दर्जनभन्दा बढीको सहभागीता रहेको कार्यक्रममा तालिमका संयोजक रामबाबु सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ