sujim bazar advert

‘म्यागङ’ हेर्न उर्लेको जनसागर

सुनील श्रेष्ठ     पुस ३, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Myagan Rural Municipality Office Building
Big Education Consultancy Nuwakot

पुस ३, मानेब्ले । म्यागङ गाउँपालिका भवनको उद्घाटन समारोह हेर्न जनसागर उर्लेको थियो । पालिकाबासी आफ्नो गाउँपालिकाको नयाँ भवन हेर्न जनलस्कर थियो ।

बाइरोडको बाटोमा धुलो उडाउँदै भने झैँ बाक्लो सवारीसाधनको लावालस्करले सडकमा हिँड्नेलाई भने धुलोले असहज पुर्याएको देखिन्थ्यो । कार्यक्रममा सहभागी हुन पालिकाको विभिन्न स्थानहरुबाट बस, आईचरबाट भवन बनेको स्थान मानेब्लेमा आईपुगेका थिए ।

म्यागङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटनमा आएका पालिकाबासी

जिल्लामा हुने महोत्सवको झल्को दिने समारोहले मुख्यमन्त्री, जिल्ला समन्वय प्रमुख, जिल्लाका अन्य स्थानीय तहका प्रमुख, उपप्रमुख, सुरक्षाकर्मीहरुको समेत बाक्लो उपस्थित थियो ।

कार्यक्रम सञ्चालकलाई सम्बोधन गर्न हम्मेहम्मे परेको थियो ।

बुधबार तामझामसहित मुख्यमन्त्रीले नुवाकोटको म्यागङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

समारोहमा आउने सबैलाई राम्रो खानाको प्रबन्ध थियो । खानाको दुई मेश थियो । एक अतिथिका लागि । अर्को पालिकाबासीलाई। ‘लाईन’ पनि राम्रै थियो ।

कार्यक्रम ‘स्टेज’मा स्थानीय किसानले उत्पादन गरेको सुन्तला, किबी, गोलभेंडाले मनै लोभ्याएको थियो । कार्यक्रमको कालान्तरमा सुनौला सुन्तला सबैको नजर पर्यो ।

भवनकै दैलोमा बनाईएको क्रस खुकुरीमा धार लगाउनुपर्ने देखिन्छ । बुद्धको मूर्तिसहितको ‘वाटर फाउन्टेन’ लगायतका विशेषताले शान थपेको छ । भवन प्रवेश गर्ने बित्तिकै सुनौलो अक्षर (इम्बोस)मा लेखिएको म्यागङ गाउँपालिकाको नाम र ठेगाना आकर्षक छ । तर गाउँपालिकाको ‘प्रतिक चिन्ह ‘ भने देखिन्न । नेपालको राष्ट्रिय झण्डाको उचित मापदण्ड पनि देखिन्न । सजावटलाई रखेएको तोरणले थप आकर्षक देखाएको थियो ।

म्हेन्दोमाया गीत र नाचले कार्यक्रममा रौनकता छाएको थियो । कुनै सांस्कृतिक कार्यक्रमभन्दा फरक नपर्ला । सबैजना झुमेर नाचेका थिए । केहि पालिकाको बरण्डा, छत, प्राङ्गण, स्टेज नजिक बालकदेखि वृद्धासमेत झुमेर खुशीसाथ नाचेका थिए । चिसोमा कलाकारहरुले तताएका थिए ।

साउण्ड सिस्टमले भने साथ नदिदाँ कलाकार र वक्ताहरु बेखुशी नै थिए । स्टेजमा रहेका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, पालिका अध्यक्ष, तेक्वान्दो खेलाडीहरु पनि म्हेन्दोमाया गीतमा मज्जैले नाचेका थिए ।

अत्याधुनिक सुविधा सम्पन्न भवन पाएपछि पालिकाबासी खुशी नै देखिन्थे । स्थानीय तहको निर्माणपछिको दोस्रो कार्यकालमा पालिकाको भवन बनेकोमा पालिकाबासीको मनमा सिंहदरबार आएको भान भएको छ ।

सेन्सरयुक्त ढोकाले गाउँपालिका अध्यक्ष आशा तामाङको कक्षले प्रविधिमैत्रीको झल्को दिलाउँछ । पालिका उपाध्यक्ष, इजलास, प्रशासकीय अधिकृत, गाउँसभा बैठक कक्षलगायत अन्य शाखा कक्षको सजावट पनि त्यतिकै आधुनिकशैलीमा निर्माण भएको देखिन्थ्यो । सात करोड ३६ लाख २१ हजार ५५२ रुपैयाँमा निर्माण भएको भवनमा केहि सजावट र शाखाको स्थान्तरण पक्ष बाँकी थियो । क्रमबद्ध रुपमा स्थान्तरण गर्ने जानकारी आयो।

पालिका भवन हेर्न आएकी म्यागङ गाउँपालिका वडा नम्बर ६ पोखरीकी अनिशा तामाङ नेवारी पोशाकमा झकी झकाउमा थिई । झट्ट हेर्दा नेवार समुदायकी देखिने अनिशा गाउँपालिकाले प्रत्येक बुधबार सांस्कृतिक पोशक लगाउनुपर्ने नीति राम्रो रहेको बताईन् ।

यस्तै, बुङताङका चन्द्रबहादुर तामाङले गाउँपालिका भवन केन्द्रमा बनेकाे खुशी छन् भने अर्कातिर टाढा भएकाेमा दु:खी छन् । भवन बनेसँगै सेवाग्राहीलाइ सेवा सुविधा छिटाेछरिताे प्रदान गर्नुपर्ने बताए । किसानलाइ प्राेत्साहन गर्न स्थानीय उत्पादन सुन्तला, चिया, अलैंची, कफी, गोलभेंडालगायतका कृषि कार्यक्रमलाई प्राथमिकतासाथ लानुपर्ने बताए । चन्द्रबहादुरले सडक पक्की भए सहज हुने बताए ।

सामरी तल्लोबारीका सानुमाया तामाङ पनि गाउँपालिका भवन बनेकोमा खुशी छिन् । सेवा सुविधा छिटाेछरिताे होस् भन्ने आशा राख्छिन् । एसइई दिएर बसेकी सुनिता लामा पनि युवा लक्षित स्वरोजगार कार्यक्रमको अपेक्षामा छिन् ।

अर्का वडा नम्बर ६ मैबलका दोसिङ तामाङले भने ‘युवालाई स्थानीयस्तरमै रोजगारको सिर्जना गर्नुपर्छ ।’

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top