+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सुरक्षा कोषमा ६८ अर्ब ६८ करोड संकलन

ssf nepal
डबली खबर
१ साल अगाडी

काठमाडौं – सामाजिक सुरक्षा कोषमा हालसम्म १९ हजार ७ सय ६९ रोजगारदाता र १७ लाख ९७ हजार बढी योगदानकर्ता जोडिएका छन् ।

कोषले सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार तथ्यांक सार्वजनिक गर्दै औपचारिकतर्फ ५ लाख ४३ हजार ४ सय ९१ जना जोडिएको बताएको छ । वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६ सय १५ छन्। यसैगरी स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध छन् ।

कोषमा अहिलेसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ। कोषले अहिले ५ सय ८७ योगदानकर्ताका आश्रित परिवारलाई ४ हजारदेखि १ लाख ५७ हजार ५ सय रुपैयाँसम्म अहिले मासिक निवृत्तिभरण दिँदै आएको छ।

यसबाहेक सन्तति हुनेले शैक्षिक वृत्ति अन्तर्गत अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुगेसम्म प्राप्त गर्ने व्यवस्था छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ