+
Search

ताजा अपडेट +

पपुलर +

अलौकिक पाँचकन्या मेला सुरु

paanchkanya mela in panchakanya Nuwakot
डबली खबर
१ साल अगाडी

नुवाकोट – पञ्चकन्या गाउँपालिका–३ घलेगाउँस्थित पञ्चकन्या मन्दिरमा आज मङ्गलबारदेखि पाँचकन्या मेला सुरु भएको छ । यो मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म लाग्ने गर्दछ । 

मेलाका लागि घलेभञ्जाङदेखि पूर्वोत्तर क्षेत्रमा रहेको पाँचकन्या मन्दिर परिसर सजाइएको छ । मेला भर्नेहरुका लागि स्वागतद्वार निर्माण गरिएको छ ।   

मेलामा पहिलो दिन स्थानीय झाँक्रीका विभिन्न टोली घरदेखि सिँगारिएर मन्दिरसम्म नाच्दै जाने र पञ्चमीको दिन अपराह्न घर फर्कने, स्थानीयले मनोकांक्षा पूरा हुने विश्वासले मादी, दियो र बत्ती बाल्ने चलन छ ।

नुवाकोटका विभिन्न स्थान र काठमाडौंबाट समेत मेला भर्ना भक्तजन यहाँ पुग्ने गर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ