sujim advert

तीन विकास बैंक र चार फाइनान्स कारवाहीमा

डबली खबर     कार्तिक ६, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Nepal Rastra Bank 180 panorama view
bidur tax consultancy services in nuwakot

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न ७ बैंक वित्तीय संस्था र त्यसका पदाधिकारीहरुलाई कारबाही गरेको छ । केन्द्रिय बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ विकास बैंक र ४ वटा फाइनान्स कम्प्पनीका पदाधिकारीसँगै बैंक संचालक समितिलाई कारबाही गरेको हो ।

कारबाहीमा परेकामध्ये ६ संस्था र पदाधिकारीहरुलाई राष्ट्र बैंकले सचेत गराएको छ भने गोर्खा फाईनान्सलाई जरिवानासमेत गरेको देखिन्छ ।

राष्ट्र बैंकको कारबाहीमा पर्ने विकास बैंकमा सिन्धु विकास बैंक, मितेरी विकास बैंक र सालपा विकास बैंक रहेका छन् भने फाइनान्स कम्पनीहरुमा गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् ।
केन्द्रिय बैंकका अनुसार मितेरी विकास बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १५ को बुँदा नं. (४) मा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशतभन्दा बढी कायम गरी उक्त नियामकीय व्यवस्था उल्लंघन गरेका कारण कारबाही गरिएको हो ।

यस्तै सालपा विकास बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० को इ.प्रा.निर्देशन नं. १५ को बुँदा नं. (४) मा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशतभन्दा बढी कायम गरी नियम उल्लंघन गरेको देखिएकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरिएको छ ।

यता जानकी फाइनान्सले वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण राष्ट्र बैंकसमक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्था उल्लङ्घन गरेको जनाएको छ । सो नियामकीय व्यवस्था उल्लंघन गरेकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको जनाएको छ ।

यस्तै गोर्खाज फाइनान्सले बैंकबाट जारी एकीकृत निर्देशनमा संस्थाका सञ्चालक तथा कर्मचारीहरु वित्तीय स्वार्थ रहेको ग्राहकसंँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हरेको फाइएको राष्ट्र बैंकले जनाएको छ । सो व्यवस्था विपरित हुनेगरी संस्थाको कर्मचारी तथा संस्थाको तत्कालीन अध्यक्ष/सञ्चालक संस्थाको ऋणी/ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरु मार्फत् आर्थिक कारोवारमा पटक पटक संलग्न भएको पाइएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

तत्कालीन अध्यक्ष/सञ्चालक संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरुसँग पटक पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा सञ्चालक समितिले निगरानीको र सचेत गराइएको जनाएको छ । यस्तै, रिलायन्स फाइनान्सले असोज ५ सम्म (पी०५) को अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम चालु आ.वमा पहिलो पटक कायम नगरेको हुँदा संस्थालाई ११,२२७.६५ रुपैयाँ नगद जरिवाना समेत गराइएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top