नुवाकोट – बालिका र युवतीलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एक जना महिलालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामे रहेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई वेश्यावृत्तिमा लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सीतामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौं पठाइ थप अनुसन्धानको भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया