विदुर – खस्कँदै गएको पर्यटन व्यवसाय माथि उकास्ने लक्ष्यसहित नुवाकोटमा फुड फेस्टिभल (सडक खाना महोत्सव) हुने भएको छ ।
नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले यही माघ १५ गतेदेखि २६ गतेसम्म फेस्टिभल गर्न लागिएको सङ्घका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए । पर्यटनको सम्भावनालाई पहिचान गरी बागमती प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन फुड फेस्टिभलको आयोजना गर्न लागिएको उनले बताए ।
फेस्टिभलमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । १२ दिनसम्म सञ्चालन हुने फेस्टिभलमा करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एक सयवटा स्टल फुड फेस्टिभलमा रहने छन् । सडक खाना महोत्सव हुने स्थान सङ्घको अर्को बैठकले तय गरिने उनले बताए ।
प्रतिक्रिया