+
Search

ताजा अपडेट +

पपुलर +

जिहो स्कुटर भित्रियो नुवाकोटमा

cf moto zeeho scooter showroom inauguration in nuwakot
डबली खबर
१ साल अगाडी

नुवाकोट – विश्वविख्यात मोटरसाइकल ब्रान्ड सिएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको भैरवी इन्भेस्टमेन्ट कम्पनीले नुवाकोटमा भित्र्याएको छ ।

शुक्रबार (आज) एक कार्यक्रमकाबीच सोरुमको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रडिङ कम्पनीले नुवाकोटमा बिक्रेता विस्तार गरेको हो ।

गत नाडा २०२४ को सर्वाधिक बहु–प्रतिक्षित र सबैभन्दा रुचाइएको सिएफ माेटाेकाे ४५० एमटी बाइकसहित काठमाडाैँदेखि त्रिशूलीसम्म र्याली गरिएको कम्पनीका बजार प्रबन्धक उज्ज्वल जोशीले जानकारी दिए ।

कम्पनीका अनुसार जिहो स्कुटरमा पनि आकर्षक योजनाहरू राखिएको भैरवी इन्भेस्टमेन्टका प्रबन्धक राजु बोगटीले जानकारी दिए । उनकाअनुसार एइ ४ मोडलको खरिदमा १८ हजार रुपैयाँको क्यासब्याक अफर राखिएको छ । एइ ६ प्लस खरिदमा ३१ लिटर आल्माेनियम स्टोरेज बक्स वा २० हजार नगद छुटमध्ये एक छनौट गर्न सकिने छ । साथै एइ ८ को खरिदमा पनि निःशुल्क एक्सेसरिजहरूसँगै १० हजार रुपैयाँको नगद छुट रहेको उनले जानकारी दिए ।

यो योजना १ असाेजदेखि २५ कात्तिक २०८१ सम्म रहने छ । यो योजना अवधिभर ग्राहकले सरल फाइनान्सिङ सुविधा तथा उत्कृष्ट मूल्यांकनसहित एक्सचेञ्ज सुविधा पनि पाउने कम्पनीका अध्यक्ष सुवर्णमान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ