sujim advert

नुवाकोटमा बाढी पहिरोमा परी एकको मृत्यु

डबली खबर     अशोज १६, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

landslide in nuwakot district
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोटमा अविरल वर्षापछिकाे बाढीपहिरोमा परी एक जनाको मृत्यु भएकाे छ । बाढी पहिराेमा परी एक घाईते र पशुपन्छीमा क्षति पुगेको छ ।

असोज १२ गते अन्दाजी ४ बजेर ३० मिनेटमा लिखु गाउँपालिका-५ शेराको मुहानस्थित लिखु खोलाले बगाई ल्याएको किनार लगाई बगरममा एक पुरुषको लास फेला परेको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए । मृत लासको पहिचान नखुलेको र सनाखतको लागि त्रिशूली अस्पतालको शवगृहमा राखिएको उनले जानकारी दिए ।

आगलागीबाट १ हजार ३५० चल्ला जले

पञ्चकन्या गाउँपालिका-५ मा गिरी टोलस्थित दिपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको थियो ।

बेलकोटगढी नगरपालिक-७ केउरीपानीस्थित भुवनेश्वर खतिवडाको ढुङ्गा र माटोले बनेको दुईतले घर पहिरोले पुरी पूर्णरुपमा क्षति भएको थियो। उनले पालेको चारवटा बाख्रा र दुईवटा गाई मरेको थियो । यस्तै, पहिरोमा परी सरस्वती खतिवडाको निधारमा चोट लागेको लागि सामान्य घाईते अवस्थामा उद्दार गरी उपचारको लागि त्रिशूली अस्पताल पठाईएको थियो ।

ककनी गाउँपालिका-४ सिस्नेरीस्थित सविना तामाङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको एकतले घर अविरल वर्षाको कारण पहिरो आई घर पूर्णरुपमा क्षति भएको थियो । घरभित्र रहेको लत्ताकपडा, अन्नपात तथा भाडाँकुडाँ पुरिएको थियो भने कुनै पनि मानवीय तथा चौपायामा क्षति पुगेको थिएन । यस्तै, १ नम्बर वडाको आठमाइलस्थित पासाङल्हामु राजमार्गखण्डमा बिहान ९ बजेतिर पहिरो आई बाटो दुवैतर्फ अवरोध भएको थियो ।

किस्पाङ गाउँपालिका-५ पहिरेवेंशीस्थितमा डाँडाथोकका सुबबहादुर तामाङले सञ्चालन गरेको रिभरसाईड रिसोर्ट एण्ड रेष्टुरेण्ट अविरल बर्षाको कारण त्रिशुली नदिमा आएको बाढीले आधा भवन बगाएर लगेको थियो ।

बेलकोटगढी नगरपालिका-७ तारुका चेकपोष्ट अगाडी अविरल वर्षाको कारण माथिबाट आएको लेदोमाटोको पहिरोले स्थानीय प्रेमबहादुर राईको दुई तल्ला पक्कि घरमा सञ्चालन गरेको किराना पसल र दुध डेरी पहीरोले पुरेको थियो। यस्तै, ९ नम्बर वडाको सिउरेनीका सन्तबहादुर तामाङको ढुङ्गा, माटो र जस्ताले छाएको एक तले कच्ची घर पहिरोले क्षति गरेको थियो ।

नुवाकोट जिल्लाका विभिन्न स्थानमा करिब एक दर्जनजति सवारीसाधनहरु पहिरोले पुरेको प्रहरीले जनाएको छ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top