+
Search

ताजा अपडेट +

पपुलर +

तारकेश्वरमा पोके व्यापारी निषेध

Tarakeshwor Rural Municipality Nuwakot Bagamati Province Nepal
डबली खबर
१ साल अगाडी

नुवाकोट – तारकेश्वर गाउँपालिकाले पोके व्यापारी निषेधित क्षेत्र घोषणा गरेको छ ।

शुक्रवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले एक सूचना जारी गर्दै पालिकालाई पोके व्यापारीलाई प्रवेश निषेध गरेको जानकारी गराएको हो ।

पालिका क्षेत्रभित्र घुमन्ते र पोके व्यवसाय गर्ने व्यक्तीहरुले अखाद्य, गुणस्तरहीन र म्याद गुज्रिएका सामान विक्री वितरण गर्ने, सोझा साझा जनतालाई विभिन्न प्रलोभन दिई ठग्ने, सामानहरु चोर्ने, तथा निषेधित वस्तुको चोरी निकाशी वा बेच विखन गर्ने जस्ता निषेधित कार्यहरु गर्ने गरेकोले पालिकाभित्र पोके व्यापारीहरुलाई निषेध गरेको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

पोके र घुमन्ते व्यवसाय गर्नेबाट आजित र पीडित रहेका यस गाउँपालिकाका बासिन्दा तथा व्यवसायीहरुले पोके र घुमन्ते व्यपारीहरुलाई नियन्त्रण तथा निषेध गर्नका लागि अनुरोध गरेको उनले बताए ।

गाउँपालिकाले पोके व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुलाई पहिलोपटक सचेत गराई छाडिने र अटेर गर्नेलाई जरिवाना गराई आवश्यक परेमा नियन्त्रणमा लिई कारवाहीका सम्बन्धित निकायमा पठाउने समेत बताएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ