नुवाकोट – नेपाल निर्माण व्यवसायी महासंघकाे आयोजनामा विदुरमा दुई दिने निर्माण व्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ ।
असोज ३ र ४ गते भएको प्रशिक्षणमा जिल्लाका निर्माण व्यवसायीहरुको सहभागिता रहेको नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिए ।
प्रशिक्षणमा नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष ई. आङ्गदोर्जि लामा शेर्पा र महासचिव रोशन दाहालको उपस्थिति रहेको थियो ।
निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहयोगमा भएको प्रशिक्षणमा निर्माणसम्बन्धी समस्या, वर्तमान चुनौतीका साथै विविध जानकारी दिनुको साथै कर सम्बन्धि जानकारी दिईएको थियो ।

प्रतिक्रिया