sujim bazar dashain tihar bumper offer

मानसिक स्वास्थ्यमा समस्याको विषयमा खुलेर कुरा गर्न सरोकारवालाको आग्रह

सुनील श्रेष्ठ     भदौ २६, २०८१

sizen education study in Japan
ananda Jewellery shop

world suicide safety day 2024
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – विश्व आत्महत्या रोकथाम दिवस नुवाकोटमा विभिन्न सचेतनामुलक कार्यक्रममका साथ मनाइएको छ । मानसिक स्वास्थ्यमा समस्याको विषयमा सबैले खुलेर कुरा गर्न सरोकारवालाहरुले आग्रह गरेका छन्। मानसिक स्वास्थ्यमा समस्या भएको समयमै पहिचान गरेर उपचार गर्न सकेमा आत्महत्याको समस्यालाई न्यूनीकरण गर्न सकिने बताएका छन्।

हरेक वर्षको सेप्टेम्बर १० का दिन यो दिवस मनाइन्छ । यो वर्षको दिवसको नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने रहेको छ ।

विदुर नगरपलिकाको आयोजनामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा नगरका विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई आत्महत्या रोकथाम विषयमा जनचेतनामुलक कार्यक्रम गरेको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका कार्यवाहक प्रमुख प्रभा बोगटीले मानसिक समस्याको पहिलो उपचार परामर्श भएकोले नगरबासीको स्वास्थ्य सुरक्षाको लागि नगरले मानसिक परामर्शदाताबाट सेवा दिई रहेको जानकारी दिईन्। आत्महत्याका घटना नगरका ग्रामिण भेगभन्दा शहर केन्द्रीय भएको छ । आत्महत्या न्युनिकरणको लागि नगरपालिकाले चालु आर्थिक वर्ष नीति, बजेट र कार्यक्रम तय गरेको र नगरका साबि माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने बताईन् ।

कार्यक्रममा १ नम्बरका वडा अध्यक्ष लेनिन रञ्‍जितले सामाजिक सञ्जालमा आएका सामाग्रीलाई सही वा गलत भनि बुझ्नु जरुरी रहेको बताएका छन् । चालुआर्थिक वर्षको दुई महिनामा तीन जनाले आत्महत्या गरेको उनले जानकारी दिए। जसको लागि आत्महत्याका घटना न्युनिकरणको लागि स्थानीय सरकारले ठोस नीति तथा कार्यक्रमहरू तय गरिएको बताए । आत्महत्या गर्ने व्यक्तिलाई भन्दा आत्महत्या गर्ने व्यक्तिको परिवारलाई असय पिडा हुने भएकोले आफ्ना परिवारका सबै सदस्यबीच सम्बन्ध राम्रो राखी समस्या राख्नुपर्ने बताए।

त्रिशूली अस्पतालको आयोजनामा विदुर नगरपालिकाको कोलनी क्षेत्रमा प्रभातफेरी गरी विश्व आत्महत्या रोकथाम दिवस मनाईएको अस्पतालका निमित्त अस्पताल प्रमुख राजेन्द्र लामाले जानकारी दिए । प्रभातफेरीमा आत्महत्या रोकथामका सचेतनामूलक नारा लगाउनुको साथै प्लेकार्ड प्रदर्शन गरिएको उनले बताए ।

यसैगरी बेलकोटगढी नगरपालिका र शिवपुरी गाउँपालिकाले आत्महत्या रोकथाम दिवसको अवसरमा विभिन्न जनचेतनामुलक कार्य गरेको थियो। बेलकोटगढीले देउरालीमा रहेको मालिका माविका शिक्षक र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य समस्या र आत्महत्याको जोखिम अवस्था तथा संकेतहरू, आत्महत्या सम्बन्धी समाजको गलत धारणहरु, वास्तविकता र सम्बन्धी विषयमा छलफल एवं अन्तरक्रिया गरेको थियो ।

जनज्ञान निकेतन माविमा किशोरकिशोरिहरुमा आत्महत्या बढ्दो जोखिम र रोकथामका उपायबारे जानकारी दिदैं

शिवपुरी गाउँपालिकाको जनज्ञान निकेतन माविमा जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजना तथा मनोवैज्ञानिक सहयोग संस्थाको प्राविधिकको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई किशोरकिशोरिहरुमा आत्महत्या बढ्दो जोखिम र रोकथामका उपायबारे जानकारी दिईएको परामर्शदाता रुपा राईले जानकारी दिईन् ।

मनोवैज्ञानिक सहयोग संस्थाले विदुर नगरपालिकाको पतन्जलि योग उपसमितिको आयोजनामा त्रिशूली र विदुरमा महिलाहरुलाई आत्महत्या मानसिक समस्या तथा रोकथामका उपायको बारेमा अभिमुखिकरण कार्यकम गरी आत्महत्या रोकथाम दिवस दिवस मनाएको थियो।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालुआर्थिक वर्षमा नुवाकोटमा १५ जनाले आत्महत्या गरेको छ । नेपालमा आर्थिक वर्ष २०८०/८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेका छन् । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने विज्ञहरुको भनाइ छ ।

आत्महत्याको विचार मनमा आउनु मानसिक स्वास्थ्य समस्याको प्रमुख लक्षण भएकाले यस्तो विचार आएमा नजिकको स्वास्थ्य संस्था वा मनोपरामर्शका लागि सरकारले २४ घण्टा उपलब्ध हुने राष्ट्रिय हेल्पलाइन ११६६ मा फोन गरेर मनोपरामर्शकर्तासँग परामर्श सेवा लिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।   

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top