+
Search

ताजा अपडेट +

पपुलर +

विश्व आत्महत्या रोकथाम दिवस मनाइदै

डबली खबर
१ साल अगाडी

नुवाकोट – विश्व आत्महत्या रोकथाम दिवस आज नुवाकोट लगायत देशभर विभिन्न सचेतनामुलक कार्यक्रममका साथ मनाइदैछ । 

हरेक वर्षको सेप्टेम्बर १० का दिन यो दिवस मनाइन्छ । यो वर्षको दिवसको नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने रहेको छ ।

त्रिशूली अस्पतालको आयोजनामा विदुर नगरपालिकाको कोलनी क्षेत्रमा प्रभातफेरी गरी विश्व आत्महत्या रोकथाम दिवस मनाईएको अस्पतालका निमित्त अस्पताल प्रमुख राजेन्द्र लामाले जानकारी दिए ।

प्रभातफेरीमा आत्महत्या रोकथामका सचेतनामूलक नारा लगाउनुको साथै प्लेकार्ड प्रदर्शन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार नुवाकोटमा एक सय ९९ वटा आत्महत्या भएको छ । गत आर्थिक वर्षमा दुई प्रतिशतले आत्महत्याका घटनामा वृद्धि भएको छ। नेपालमा आर्थिक वर्ष २०८०/८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक छ । 

आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेका छन् । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने विज्ञहरुको भनाइ छ । 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ