+
Search

ताजा अपडेट +

पपुलर +

सञ्चालनमा आयाे केन्द्रीय कारागार

inauguration of center jail in nuwakot home minister remesh lekhak
डबली खबर
१ साल अगाडी

इन्द्रायणीपोखरी – नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्पाक्याममा रहेको केन्द्रीय कारागार आजदेखि सञ्चालनमा आएको छ।

कारागारको गृहमन्त्री रमेश लेखकले आज एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्। कार्यक्रममा गृहमन्त्री लेखकले आर्थिक विकासको लागि कैदीबन्दीलाई सीपमुलक प्रशिक्षण दिएर कारागारलाई उद्योग कारागारको रुपमा विकास गरिने बताए।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले निर्माण गरेसँगै आवश्यक मानव संसाधन र व्यवस्थापनले कुनै पनि भौतिक संरचना पूर्ण हुने बताए ।

६४५ रोपनी क्षेत्रफलमा निर्माण भएको कारागार भ्याटबाहेक ४५ करोड ४२ लाख ९४ हजार १७ रुपैँयामा निर्माण भएको शहरी विकास तथा भवन शाखाका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए। जसमा महिला र पुरुष कैदीबन्दी छुट्टाछुट्टै राख्न सकिने छ।

दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै जिल्लाका १४८ जना कैदीबन्दी स्थानन्तरण गरिएको कारागार प्रमुख इन्द्रबहादुर खतिवडाले जानकारी दिए । प्रक्रियागत अन्य जिल्लाका कैदीलाई पनि स्थान्तरण गरिने खतिवडाले बताए ।

कुल सात हजार कैदीबन्दी अट्ने क्षमताको दोस्रो चरण अन्तर्गत कारागारमा एक हजार तीन सय ७० जना कैदीबन्दी राखिने जनाएको छ ।

कारागारमा शिक्षालय, पुस्तकालय, अस्पताल, बायोग्यास प्लान्ट, सीप विकास तथा प्रवर्द्धन केन्द्र, योग तथा ध्यान केन्द्रसहित आधुनिक सुधार गृहको सुविधा छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ