sujim bazar dashain tihar bumper offer

शिवम् सिमेन्टको नाफा २५ करोड

डबली खबर     साउन ३२, २०८१

sizen education study in Japan
ananda Jewellery shop

Shivam Cement Logo
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौं – शिवम् सिमेन्टले २५ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो प्रगति देखाएको हो ।

गत वर्ष कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा भने ५७.९३ प्रतिशत कमी हो । अघिल्लो आवको साउनदेखि असार मसान्तसम्ममा भने कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको कम्पनीले ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ संचालन आम्दानी गरेको छ । तर, यो अघिल्लो आवको तुलनामा भने झिनो (०.५८ प्रतिशत) कमी हो । गत वर्ष कम्पनीको अन्य आम्दानी पनि ४५.४१ प्रतिशत घटेर १९ करोड ८५ लाख रुपैयाँ कायम भएको छ। गत वर्ष कम्पनीको कुल नाफामा पनि १९.४९ प्रतिशत गिरावट आई १ अर्ब ३ करोड ४८ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको कुल खर्च पनि ४.१८ प्रतिशत घटेर ९५ करोड ६३ लाख रुपैयाँ कायम भएको छ। यता, प्रतिसेयर आम्दानी (इपिएस) पनि ८ रुपैयाँ ५४ पैसाले घटेर ४ रुपैयाँ ९८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १८९ रुपैयाँ ०२ पैसा कायम भएको छ। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top