विदुर – गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको छ । मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग कार्यसम्पादन सम्झौता गरेको थियो ।
कार्यसम्पादनको कुल पूर्णाङ्क १०० रहेको छ । कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय नुवाकोट ८७ .१२५ प्रतिशतका साथ ६६ औँ नम्बरमा झरेको छ ।
यस्तै, तेस्रो त्रैमासिक नतिजाअनुसार नुवाकोट ६१ औं स्थानमा रहेको थियो भने पहिलो त्रैमासिकमा ४१ औं स्थानमा रहेको थियो ।
अघिल्लो आव २०७९/८० मा नुवाकोट ९२ प्रतिशतका साथ २४औँ स्थानमा थियो ।
शान्ति सुरक्षा र अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन लगायत विभिन्न बुँदामा प्रजिअको मुल्यांकन गर्ने गरिन्छ ।
यस हिसावले नुवाकोटको कार्यसम्पादनमा अघिल्लो वर्षमा निराशाजनक नतिजा आएको देखिन्छ ।
शिर्ष स्थानमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ प्रतिशत प्राप्त गरेको छ । दोस्रोमा पाल्पा र तेस्रोमा रहेको बागलुङ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया